पूर्वी जापानमा ५.९ म्याग्निच्यूडको भूकम्प: राजधानी टोकियोसम्म धक्का
annapurnapost.com · Sun Aug 23 01:20:14 GMT 2026

टोकियो : पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ, जसको धक्का राजधानी टोकियो क्षेत्रमा समेत महसुस गरिएको थियो। यद्यपि, यस भूकम्पबाट सुनामीको कुनै खतरा नरहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प बिहान २ बजे इबाराकी प्रान्तलाई केन्द्रविन्दु बनाएर ७० किलोमिटर गहिराइमा गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भने यसको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)