बंगालको खाडीमा कार्गो जहाज डुब्यो, २ जनाको उद्धार; २२ जना अझै बेपत्ता
newsofnepal.com · Sun Aug 23 01:42:45 GMT 2026

काठमाडौं ।
भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डा भएको ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ। जहाजमा सवार २४ चालक दलका सदस्यमध्ये दुई जनालाई लाइफ र्याफ्टबाट जीवितै उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता छन्। भारतीय तटरक्षक बलका अनुसार जहाजसँग सम्पर्क विच्छेद भएपछि शनिबार बिहान ११ः४८ बजे समुद्री उद्धार समन्वय केन्द्र (MRCC) मा जानकारी पुगेको थियो। त्यसलगत्तै भारतीय तटरक्षक बल र नौसेनाले खोज तथा उद्धार अभियान सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)