जापानमा भूकम्प
himalpress.com · Sun Aug 23 01:47:08 GMT 2026

काठमाडौँ- जापानमा भूकम्प गएको छ । पूर्वी क्षेत्रमा आइतबार बिहानपख ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)