सिरहा क्याम्पसमा विद्यार्थी संख्या घट्दो, पुरानो साख फर्काउन चुनौती
gorkhapatraonline.com · Sun Aug 23 01:50:10 GMT 2026

एक समय सिरहा जिल्लामै उच्च शिक्षाको प्रमुख गन्तव्य मानिएको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ। विद्यार्थी आकर्षण कम हुँदै जाँदा क्याम्पसको पुरानो साख फर्काउनु चुनौतीपूर्ण बनेको छ।
विसं २०३९ सालमा स्थापना भएको यस क्याम्पसमा एक समय शिक्षा सङ्कायमा भर्ना हुन सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुरलगायत पहाडी जिल्लादेखि सप्तरी, धनुषा र महोत्तरीसम्मका विद्यार्थीको ठुलो चाप रहन्थ्यो। २०६२ सालसम्म करिब सात हजार विद्यार्थी भर्ना भएकामध्ये छ हजारभन्दा बढी विद्यार्थी सिरहा आसपासका गाउँमा बस्दै तथा ट्युसन पढाएर आफ्नो खर्च व्यवस्थापन गर्दै नियमित कक्षामा सहभागी हुने गर्दथे।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)