ला लिगामा रियालको जित सुरुवात
himalpress.com · Sun Aug 23 01:55:31 GMT 2026
काठमाडौँ- रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ। आरसीडीई रंगशालामा रियालले घरेलु टोली इस्पान्योलविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गर्यो ।
रियालको जितमा जुड बेलिङघम र कार्लोस एस्पीले गोल गरे । स्पान्योलका लागि एलेक्स क्यालाट्राभाले एक गोल फर्काए । खेलको नवौँ मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो । ३०औँ मिनेटमा क्यालाट्राभाले स्पान्योललाई बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)