म्यान्मा द्वन्द्वमा मृतक एक लाख नाघे
kendrabindu.com · Wed Jul 01 12:05:00 GMT 2026

याङ्गुन । म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलटपछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । द्वन्द्वसम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसिएलइडी) का अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा एक लाख १४ जनाको ज्यान गएको छ । विश्लेषकहरूले यसलाई अहिले एसियाकै सबैभन्दा घातक सक्रिय द्वन्द्वका रूपमा वर्णन गरेका छन् ।
सैन्य नेतृत्वले फेब्रुअरी २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेको थियो । त्यसपछि लोकतन्त्र समर्थक प्रदर्शनमाथि गरिएको दमनले सशस्त्र विद्रोहको रूप लिँदा प्रजातन्त्र समर्थक समूहहरू जातीय सशस्त्र सङ्गठनसँग मिलेर सेनाविरुद्ध लडिरहेका छन् । हालसम्म एक हजार २०० भन्दा बढी सशस्त्र समूह सक्रिय रहेको एसिएलइडीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)