यी हुन् रास्वपा पहिलो बैठकका निर्णयहरू
shilapatra.com · Wed Jul 01 12:06:13 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठकमा केही सीमित निर्णयहरू मात्रै गरिएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले दिएको जानकारीअनुसार पहिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथपछि केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
आचार्यले उक्त बैठकमा मूलतः ४ वटा निर्णय भएको जानकारी दिए । उनका अनुसार गत ७ असारदेखि ६ दिनसम्म चितवनको भरतपुरमा भएको महाधिवेशनलाई सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै धन्यवाद प्रस्ताव पारित गरिएको छ । त्यस्तै संशोधित विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगमा पदाधिकारी चयन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)