सिदिङ्वामा पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन
gorkhapatraonline.com · Sun Aug 23 03:11:48 GMT 2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन गरेको छ । कृषिको क्षेत्रमा नयाँ आयाम ल्याउने योजनासहित गाउँपालिकाले ‘पर्माकल्चर’ फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको हो ।
वातावरणमैत्री, दिगो र अर्गानिक खेती प्रणालीअन्तर्गतको पर्माकल्चर फर्म तथा नर्सरी गाउँपालिकाले गत आर्थिक वर्ष नै स्थापना गरेको हो । पारिस्थितिक प्रणालीअन्तर्गत विभिन्न सिद्धान्तमा आधारित रहेर गरिने खेती पद्धतिअनुसारको पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)