ओडिशा तट नजिकै पनामाको मालवाहक जहाज डुब्यो
annapurnapost.com · Sun Aug 23 03:14:21 GMT 2026

नयाँ दिल्ली : बंगालको खाडीमा पनामाको झण्डा अङ्कित एउटा ठूलो मालवाहक जहाज डुबेको छ। भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० नटिकल माइल (४४४ किलोमिटर) टाढा गहिरो समुद्रमा 'ओसियन विनर' नामक जहाज दुर्घटनामा परेको हो।
जहाजमा कुल २४ जना चालक दलका सदस्य सवार थिए। जसमा २० जना चिनियाँ, ३ जना म्यान्मार र १ जना बंगलादेशी नागरिक रहेका छन्। भारतीय तट रक्षक बल (इन्डियन कोस्ट गार्ड) ले हालसम्म लाइफ राफ्टमा तैरिरहेका दुई जनालाई सकुशल उद्धार गरेको छ भने बाँकी २२ जना अझै बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)