भारतको ओडिशा तट नजिक मालवाहक जहाज डुब्दा २४ जना बेपत्ता
barnanmedia.com · Sun Aug 23 03:19:02 GMT 2026

काठमाडौं । भारतको ओडिशा तटबाट करिब २४० समुद्री माइल टाढा शनिबार पानामा झन्डा बोकेको मालवाहक जहाज डुबेको छ । जहाजमा चालक दलका २४ सदस्य सवार थिए ।
‘एमभी ओसन विनर’ नामको उक्त जहाज ओडिशाको पारादीप बन्दरगाहबाट अगस्ट २० तारिख राति करिब १०: ३० बजे सिङ्गापुरका लागि प्रस्थान गरेको थियो । जहाजमा ओडिशाबाट लोड गरिएको १ हजार ७ सय टन फलाम अयस्क रहेको थियो । जहाजमा चीनका २० जना, म्यानमारका तीन जना र बङ्गलादेशका एक जना गरी २४ जना चालक दलका सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)