द एज अफ डार्कनेस मण्डलामा
newsofnepal.com · Sun Aug 23 03:33:52 GMT 2026

धर्मवीर भारतीको चर्चित नाटक अन्धा युगको नेपाली रुपान्तरित नाटक द एज अफ डार्कनेस मण्डला थिएटरमा मञ्चन भइरहेको छ। राजेन्द्र सलभले नेपालीमा रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन्।
नाटक महाभारत युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक र मानवीय संकट तथा शून्यतामा आधारित रहेको र नाटकमा महाभारतको पुरानो कथामार्फत आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकट प्रस्तुत गरिएको निर्देशक खतिवडाले जानकारी गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)