बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व
khabarhub.com · Sun Aug 23 03:36:18 GMT 2026

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमध्ये पहिलो यार्तुङ पर्व मुस्ताङको खिङ्गा गाउँबाट सुरु गरिएको हो ।
बर्खायामलाई बिदाइ र हिउँदयामको मौसमलाई स्वागत गर्दै मुक्तिनाथ क्षेत्रका स्थानीयले बर्सेनि यार्तुङ पर्व मनाउने प्रचलन रहेको छ । शनिबार मुस्ताङको खिङ्गा गाउँबाट सुरु भएको यार्तुङ जनपूर्णिमाको दिनमा मुस्ताङको पुराङ रानीपौवा र झारकोट गाउँका स्थानीयले संयुक्त रुपमा यार्तुङ मनाउने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)