बागलुङमा राहत सङ्कलनमा एकद्वार नीति
gorkhapatraonline.com · Wed Sep 02 01:44:01 GMT 2026

बागलुङमा सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोटेकोशी बाढी प्रभावितका लागि जिन्सी सामग्री सङ्कलन नगर्ने निर्णय गरेपछि नगद राहत सङ्कलन गरी नियमित रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थाका लागि जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणाली अपनाएको हो। बजारमा जथाभावी चन्दा उठाउने प्रवृत्ति रोक्न यस्तो प्रणाली अपनाइएको प्रशासनले जनाएको छ। व्यक्ति वा सङ्घसंस्थाले सहयोग गरेको रकमको प्रशासनले अभिलेख राख्ने र सोहीअनुसार प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)