सेतीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुल्यो
gorkhapatraonline.com · Sun Aug 23 03:45:18 GMT 2026

तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको ना.१ क ७२४७ नम्बरको टिप्परका चालक रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी २७ वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
तनहुँमा जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सन प्रालिको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार चालक खड्का हालसम्म सम्पर्कविहीन हुनुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)