सन्तोषीले जितिन् कांस्य, सोमको राष्ट्रिय कीर्तिमान
baahrakhari.com · Sun Aug 23 03:45:41 GMT 2026
काठमाडौं । नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर) २०२६ को महिला पाँच हजार मिटर दौडमा कांस्यपदक जितेकी छन् । शनिबार भारतको भुवनेश्वरमा भएको खेलमा सन्तोषीले १७ मिनेट ३१.७५ सेकेन्डमा दूरी पूरा गरी कांस्य प्राप्त गरेकी हुन् ।
उक्त इभेन्ट्समा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजतपदक जितिन् । स्वर्ण जितेकी वान्जाले १५ मिनेट १६.११ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । रजत विजेता भारतीले १५ मिनेट ४६.४५ सेकेन्डमा दूरी पूरा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)