बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
nepalviews.com · Sun Aug 23 04:01:28 GMT 2026

रौतहट । बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन् । स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् । बालिका हराएलगत्तै परिवार र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बारालाई खबर गरिएको थियो ।
घटनाको गम्भिरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरसहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ । बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी कुँवर आफैँ टोली लिएर घटनास्थल पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)