मान्ममा १४ घर पहिरोको जोखिममा, तीन घर बगे
gorkhapatraonline.com · Sun Aug 23 04:08:27 GMT 2026

कालीकोट सदरमुकाम मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्। तीन वटा घर पहिरोले बगाइसकेको छ भने बाँकी घरको मुनिबाट पहिरो बगिरहेको छ। कुनै पनि बेला ती घरसमेत ढल्ने जोखिम रहेको स्थानीयवासी बताउँछन्।
खाँडाचक्र नगरपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग खन्दा निस्किएको पहिरो नियन्त्रण नगर्दा बजारको मुख्य सडकसँगै नागरिकका घरसमेत जोखिममा परेका हुन्। अति जोखिमयुक्त क्षेत्रमा नगरपालिकाले प्राविधिक प्रतिवेदनसमेत बेवास्ता गर्दै भवन निर्माण गर्न खोज्दा यस्तो विपद् निम्तिएको स्थानीयवासीको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)