अमेरिकी अदालतले ७५ देशको आप्रवासी भिसा रोक्ने नीति खारेज गर्यो, नेपाली आवेदकलाई ठूलो राहत
newsofnepal.com · Sun Aug 23 04:29:02 GMT 2026
काठमाडौं ।
अमेरिकामा स्थायी बसोबासका लागि जाने नेपालीसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया रोक्ने ट्रम्प प्रशासनको नीति अमेरिकी संघीय अदालतले खारेज गरेको छ। न्यूयोर्कस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश Jeannette Vargas ले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको ठहर गर्दै रद्द गरेकी हुन्। अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २१ देखि नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाएको थियो। सरकारले ती देशका नागरिक अमेरिकामा पुगेपछि सरकारी सुविधामा निर्भर भएर ‘public charge’ बन्न सक्ने जोखिम रहेको तर्क गर्दै भिसा प्रक्रिया रोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)