दस वर्षमा पनि बनेन सभा हल
gorkhapatraonline.com · Sun Aug 23 04:36:48 GMT 2026

चितवनको रत्ननगरमा सभा हल निर्माण सुरु भएको १० वर्ष पुग्न लाग्दा पनि निर्माण पूरा भएको छैन । छ सय जना अट्ने क्षमताको सभा हल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भए पनि पटक पटक म्याद थप्दासमेत काम पूरा हुन नसकेको हो । हाल सभा हलको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ । निर्माण सम्पन्न गर्ने पछिल्लो म्यादसमेत २०८३ कात्तिक ३० गतेसम्म रहेकाले सभा हल सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ ।
रत्ननगर नगरपालिकाको मुख्य बजारक्षेत्रमा निर्माण भइरहेको सभा हलका लागि २०७३ कात्तिक ५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ वैशाख ४ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयभित्र काम पूरा नभएपछि तीन पटक म्याद थप गरिएको छ । थपिएको समयभित्रसमेत निर्माण सम्पन्न नभएपछि अहिले अन्तिम पटक म्याद थप गरी २०८३ कात्तिक ३० सम्म निर्माण पूरा गर्ने सम्झौता गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)