चिनियाँ रोबोटले तोड्यो उसैन बोल्टको १०० मिटरको विश्व कीर्तिमान
ratopati.com · Sun Aug 23 04:52:53 GMT 2026
बेइजिङ । चीनको एउटा ह्युमनोइड रोबोटले विश्व चर्चित धावक उसैन बोल्टको मानव विश्व कीर्तिमानलाई तोडेको छ । शनिबार बेइजिङमा आयोजित विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगितामा एउटा चिनियाँ रोबोटले ९ दशमलव ३९ सेकेन्डमा १०० मिटर दौड पूरा गरेको छ । तियानगोङ अल्ट्रा नामक रोबोटले प्रतियोगिताको प्रारम्भिक चरणमा उक्त समयमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरेको हो । यो रोबोट बेइजिङ ह्युमानोइड रोबोट इनोभेसन सेन्टरले विकास गरेको हो ।
जमैकाका धावक उसैन बोल्टले सन् २००९ मा बर्लिनमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा ९ दशमलव ५८ सेकेन्डमा १०० मिटर पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए । यो कीर्तिमान अहिलेसम्म कुनै मानव धावकले तोड्न सकेको छैन । तियानगोङ अल्ट्राले उक्त समयभन्दा शून्य दशमलव १९ सेकेन्ड छिटो दौड पूरा गरेको छ । दौडको सुरुवातमा पछि परेको तियानगोङ अल्ट्राले अन्तिम चरणमा स्मार्टफोन निर्माता कम्पनी अनरले बनाएको लाइटनिङ रोबोटलाई उछिनेको थियो । ९ दशमलव ४७ सेकेन्डमा दौड पूरा गर्दै लाइटनिङ दोस्रो स्थानमा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)