सर्वोच्चद्वारा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश
annapurnapost.com · Sun Aug 23 04:50:05 GMT 2026

काठमाडौं : उच्च अदालत बार एसोसिएसन पाटनको हालै सम्पन्न निर्वाचनमा धाँधली भएको दाबी गर्दै दायर गरिएको उत्प्रेषण रिट निवेदनमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।
स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईसमेतले नेपाल बार एसोसिएसनलगायतका विपक्षीविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूका नाममा आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)