वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य पदक
ratopati.com · Sun Aug 23 04:55:51 GMT 2026
काठमाडौँ । नेपाली एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा जारी ‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा कांस्य पदक जितेकी छन् ।
शनिबार भएको महिला ५ हजार मिटर दौडमा सन्तोषीले निर्धारित दूरी १७ मिनेट ३१.७५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी हुन् । वल्र्ड एथ्लेटिक्सको शिल्भर लेभलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु सन्तोषीको करियरकै महत्त्वपूर्ण उपलब्धि बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)