नौ दिनपछि खुल्यो जाजरकोट-डोल्पा सडक, जोखिम कायमै
barnanmedia.com · Sun Aug 23 04:58:13 GMT 2026

जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो ।
सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छल गाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)