बडीमालिकामा यो वर्ष लाख दर्शनार्थी जाने अनुमान
newsofnepal.com · Sun Aug 23 05:05:53 GMT 2026
बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिका मन्दिरमा यस वर्ष विगतको परम्परा तोड्दै भदौ १ गते अर्थात् नागपञ्चमीदेखि नै साताव्यापी पूजा–आराधना शुरु गरिएको छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको बडीमालिकामा दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष मुख्य पूजाभन्दा करिब दश दिनअघि नै नियमित पूजा शुरु गरिएको बडीमालिका भगवती मन्दिरका पुजारी नेत्रराज पाध्यायले जानकारी दिए ।
पाध्यायका अनुसार यस वर्षको मुख्य पूजा भदौ ११ गते हुनेछ । विगतमा एकै दिन ठूलो संख्यामा भक्तजन जम्मा हुँदा अत्यधिक भीड हुने भएकाले दर्शनार्थीलाई सहज बनाउन भदौ १ गतेदेखि नै पूजा आराधना शुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)