अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला
himalpress.com · Wed Jul 01 12:26:02 GMT 2026

काठमाडौँ- कहिलेकाहीँ इतिहासले आफैँलाई दोहोर्याउँदैन, तर समयले यस्ता संयोगहरू रचिदिन्छ जसले एउटा परिवारको अधुरो सपनालाई अर्को पुस्ताको काँधमा सुम्पिदिन्छ। मिस नेपाल २०२६ को प्रतिस्पर्धामा यस्तै एउटा भावुक र प्रेरणादायी कथा फेरि जीवित भएको छ- दीपमाला ढकालको।
प्रतियोगिताका छानिएका शीर्ष २४ प्रतिस्पर्धीमध्ये उनले चयन गर्दा नम्बर १७ मा छिन्। यो केवल एउटा अंक होइन, तीन दशकभन्दा लामो समयदेखि एउटा आमाको मनभित्र सुरक्षित रहेको सपनाको निरन्तरता हो। ठ्याक्कै ३२ वर्षअघि सन् १९९४ मा उनकी आमा रोशनी खरेल पनि मिस नेपालको पहिलो संस्करणमा सहभागी भएकी थिइन् र उनको प्रतियोगी नम्बर पनि १७ थियो। त्यति बेला रुबी राणा सुन्दरी घोषित भएकी थिइन्।