स्टार्कको घातक बलिङमा अस्ट्रेलियाको शानदार पुनरागमन
nagariknews.nagariknetwork.com · Sun Aug 23 05:29:41 GMT 2026
अस्ट्रेलियाले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा शानदार पुनरागमन गर्दै खेल एक इनिङ्स र ५१ रनले जितेको छ। म्याकायमा भएको खेल दुई दिनमै सकिँदा अस्ट्रेलियाले शृंखला १-१ को बराबरीमा टुंग्याएको छ।
पहिलो टेस्टमा ९ विकेटको हार बेहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा सुरुवातदेखि नै बलिङमा दबदबा कायम गर्यो। बंगलादेश पहिलो इनिङ्समा केवल ६४ रनमा अलआउट भएपछि अस्ट्रेलियाले २१० रन बनाउँदै १४६ रनको अग्रता लिएको थियो। क्यामरन ग्रिनले ६७ रन बनाएर अस्ट्रेलियाको इनिङ्स सम्हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)