चन्द्रमामा बाँच्न सक्छन् पृथ्वीका केही सूक्ष्म जीव
ratopati.com · Sun Aug 23 05:48:59 GMT 2026

वासिङ्टन । चन्द्रमाको कठोर वातावरणमा पनि पृथ्वीबाट जाने केही सूक्ष्म जीव केही समयसम्म बाँच्न सक्ने देखिएको छ । नासाको नेतृत्वमा गरिएको नयाँ अध्ययनले यस्तो देखाएको हो । यसले भविष्यका चन्द्र अभियानमा पृथ्वीका जीवाणु अनजानमै चन्द्रमामा पुग्ने र त्यहाँको वातावरणमा प्रभाव पार्ने हो कि भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले पाँच प्रकारका ढुसी र ब्याक्टेरियालाई चन्द्रमाको वातावरणसँग मिल्दोजुल्दो परिस्थितिमा परीक्षण गरेका थिए । नासाका वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुव नजिकका नोबाइल रिम, कनेक्टिङ रिज र डे गेर्लास रिम क्षेत्रको वातावरणसम्बन्धी तथ्याङ्कका आधारमा कम्प्युटर मोडलिङ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)