कर नीतिविरुद्ध देशभर हस्ताक्षर संकलन गर्ने उज्यालो नेपाल पार्टीको घोषणा
barnanmedia.com · Sun Aug 23 05:40:16 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकको ढाड सेक्ने गरी सरकारले लगाएको करका विरुद्ध देशभरि अभियान सञ्चालन गर्ने बताएका छन् । आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारको सो कार्यको विरुद्ध देशभर स्थानीय तहसम्म हस्ताक्षर अभियान सञ्चालन गरिने बताए । एक महिनासम्म हस्ताक्षर सङ्कलन गरेर सरकारलाई बुझाउने योजना रहेको घिसिङले सुनाए ।
‘उज्यालो नेपाल पार्टीले जनदबाब सिर्जना गर्न भदौ १ गतेबाट देशव्यापी रूपमा जनताको हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका छौँ’, उनले भने । सरकारले विद्युतमा भ्याट लगाउने, राइड सेयरिङमा कर लगाउने जस्ता काम गरेर सर्वसाधारण नागरिकलाई मारमा पारेको उनले बताए । विद्युत् महसुल घटाएर विद्युतको प्रयोग गर्न नागरिकलाई उत्प्रेरित गर्नुपर्ने बेलामा उल्टै कर लगाएर निरुत्साहित गरेको उनको धारणा छ । सकारले ल्याएको यो नीति गलत भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)