पदको दुरुपयोग गरी ८३ लाखको जग्गा १८ लाखमा हडप्ने महिला प्रहरी निलम्बित
nagariknews.nagariknetwork.com · Sun Aug 23 05:47:45 GMT 2026

भारतको मध्य प्रदेशमा पदको दुरुपयोग गर्दै जबरजस्ती जग्गा खरिद गरेको र ठगी गरेको आरोप लागेकी कटनी शहरकी प्रहरी अधीक्षक (सीएसपी) नेहा पचिसियालाई तत्काल निलम्बन गरिएको छ।
राज्यका मुख्यमन्त्री मोहन यादवले उक्त घटनामा गम्भीरता देखाउँदै पचिसियालाई निलम्बन गर्न निर्देशन दिएका हुन्। कानून र व्यवस्थासँग जोडिएको मामिलामा कुनै पनि तहमा लापरवाही, दबाब वा शक्तिको दुरुपयोग सहन नगरिने मुख्यमन्त्री यादवले बताएका छन्। उनले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारबाही हुने कुरामा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)