गरिमालाई न्याय र हरेक छोरीको सुरक्षा
khabarhub.com · Sun Aug 23 05:57:01 GMT 2026

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ
त्यो दिन पनि अरू दिनजस्तै थियो। म कानुन मन्त्रालयमा आफ्नै काममा व्यस्त थिएँ। टेबलमा कानुनका मस्यौदा थिए, सुधार गर्नुपर्ने ऐनहरूको सूची थियो, छलफलहरू थिए, बैठकहरू थिए। यो वर्ष धेरैभन्दा धेरै आवश्यक कानुन निर्माण र सुधार गर्ने ठूलो लक्ष्य लिएर काम गरिरहेकी छु। सायद म यसमा अलि बढी अधैर्य पनि छु। तर देशले वर्षौँदेखि पर्खिरहेका कानुनहरू अब अझै पर्खिरहनु हुँदैन भन्ने हुटहुटी धेरै छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)