रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
himalpress.com · Sun Aug 23 06:03:37 GMT 2026

रुकुम पश्चिम- रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)