७५ जिल्लामा हुलाकबाट पासपोर्ट घरघरमै पठाउन थालियो
clickmandu.com · Wed Jul 01 12:32:04 GMT 2026

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिना नियुक्त भएको १०० दिनको अवधिमा हुलाक सेवालाई आधुनिक बनाउँदै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियानलाई तीव्रता दिइएको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत हुलाक सेवालाई गभरमेन्ट कुरियर सर्भिसका रूपमा विकास गर्दै राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, नेपाल टेलिकमका सिमकार्डलगायत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गरिएको मन्त्रालयले जनाएको छ । साथै स्वास्थ्य परीक्षणका लागि संकलित नमुनालाई सुरक्षित रूपमा प्रयोगशालासम्म ढुवानी गर्ने सेवा पनि सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)