पहिरो–बाढीले राजमार्ग अवरुद्ध, राति आवागमन रोक
gorkhapatraonline.com · Wed Sep 02 01:57:32 GMT 2026

देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान ६ः३० बजेसम्मको विवरण अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ चल्ने सम्पूर्ण सवारीसाधनमा रातिको समयमा रोक लगाइएको छ । विवरणअनुसार साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक रहने र बिहान ४ देखि साँझ ६ बजेसम्म अवस्था हेरी यातायात सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)