चौध बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
barnanmedia.com · Sun Aug 23 06:18:51 GMT 2026

काठमाडौँ, भदौ ७ गते । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन् ।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमतिपश्चात् आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)