धवलशम्शेरले भेटे पूर्वराजा ज्ञानेन्द्र
baahrakhari.com · Sun Aug 23 06:38:21 GMT 2026

काठमाडौं । नवगठित जय नेपाल पार्टीका सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । हिमानी ट्रस्टको कार्यक्रममा शनिबार (भदौ ६) सहभागी भएका राणाले पूर्वराजासँग भेटसँगै लामो कुराकानी गरेका पार्टी सचिवालय प्रमुख सगुनसुन्दर लावतीले बताए ।
“होटेल सोल्टीमा शनिबार भएको कार्यक्रममा भेट भएको हो । पार्टी सभापति (धवलशम्शेर)ज्यूले लामो कुराकानी भयो भन्दै हुनुहुन्थ्यो,” उनले बाह्रखरी सित भने, “उहाँले नवगठित पार्टी दर्ता, संगठन निर्माण र गतिविधिका बारेमा पूर्वराजा ज्ञानेन्द्रलाई जानकारी गराउनुभयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)