‘टक्सिक’को कार्यक्रममा दुर्घटना, फ्यानहरू घाइते
ratopati.com · Sun Aug 23 06:41:54 GMT 2026

हैदराबाद । दक्षिण भारतीय अभिनेता यशको आगामी फिल्म ‘टक्सिक’को एउटा कार्यक्रममा दुर्घटना भएको छ । शनिबार फिल्मको प्रि–रिलिज कार्यक्रममा सो दुर्घटना भएको हो । हैदराबादमा कार्यक्रम चलिरहँदा को स्पिकर स्ट्यान्ड अचानक खसेर लाग्दा केही प्रशंसकहरू घाइते भएको खबर आएको छ । साइबराबाद प्रहरीले यस घटनाको जानकारी दिएको भन्दै अमर उजाला ले समाचार छापेको छ ।
दुर्घटना मेदचल–मल्कजगिरी जिल्लाको मल्ल रेड्डी ग्रुप अफ इन्स्टिच्युसनमा भएको थियो । यश र फिल्मको पूरै टिमलाई हेर्न कार्यक्रम स्थलमा ठुलो सङ्ख्यामा फ्यानहरू भेला भएका थिए । अचानक यो दुर्घटना भएपछि कार्यक्रममा भागाभाग भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)