काठमाडौँका छात्रावासलाई प्रशासनको चेतावनी, मापदण्ड कार्यान्वयन गर्न आग्रह
gorkhapatraonline.com · Sun Aug 23 06:49:30 GMT 2026

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी रूपमा सञ्चालनमा रहेका छात्रावास (होस्टेल) हरूलाई एक महिनाभित्र सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचनामा काठमाडौँ जिल्लाभित्र सञ्चालित छात्रावासबारे विभिन्न प्रकारका गुनासा प्राप्त भएकाले नियमित तथा आकस्मिक अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने केही छात्रावासलाई तीन लाख रुपियाँसम्म जरिवाना गरिनुका साथै सिलसमेत गरिएको प्रशासनले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)