प्रेस युनियन सप्तरीको अध्यक्षमा मनोजकुमार माझी सर्वसम्मत
gorkhapatraonline.com · Sun Aug 23 06:59:21 GMT 2026

नेपाल प्रेस युनियन सप्तरीको आठौँ जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अध्यक्षमण्डलको बैठकले युनियनको विधानअनुसार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता, महिला उपाध्यक्षमा ललिताकुमारी साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव र कोषाध्यक्षमा लोकेन्द्रप्रसाद यादव चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णान्त देव, महेन्द्र सदा र गायत्रीकुमारी सेठ चयन हुनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)