राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छः विमलेन्द्र निधी
barnanmedia.com · Sun Aug 23 06:47:07 GMT 2026

काठमाडाैँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता निधीले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)