शिक्षा विधेयकको मस्यौदा तयारीबारे छलफल
baahrakhari.com · Sun Aug 23 07:02:32 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्य’अन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा छलफल सुरु गरिएको छ । विद्यालय शिक्षाको सुधार, व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार बास्कोटाले विद्यालय व्यवस्थापन र पाठ्यक्रमको स्वरूपबारे छलफल केन्द्रित रहेको बताए । आइतबार (भदौ ७) काठमाडौंमा आयोजित छलफल कार्यक्रममा विद्यार्थी, अभिभावकको सहभागिता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)