भवन विकास शाखा प्रमुख दीपा कार्की घुस लिँदालिँदै पक्राउ, मध्यस्तता गर्ने आश्मा पनि समातिइन्
barnanmedia.com · Wed Sep 02 01:58:50 GMT 2026

- ६४ हजार रुपैयाँ घुस रकमसहित काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की रंगेहात पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले सातौँ तहमा कार्यरत इन्जिनियर कार्कीका साथै घुस रकम लिन मध्यस्थता गर्ने आस्मा कार्कीलाई समेत नियन्त्रणमा लिएको हो।
नगरपालिका क्षेत्रभित्र भवन निर्माणका क्रममा 'स्ट्रक्चरल एनालाइसिस' (संरचनात्मक विश्लेषण) को काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)