रोड टु एभरेस्ट : उमेरलाई आत्मविश्वासले चुनौती दिँदै कठिन सपना पूरा गरेको यात्रा
ratopati.com · Sun Aug 23 07:44:38 GMT 2026

काठमाडौँ । ५० वर्ष नाघिसकेका राज गुरूङ हङकङमा बसोबास गरिरहेका छन् । व्यवसायमा जमेका उनको मनमा एउटा हुटहुटी हुन्छ- विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने । भनिन्छ नि, कठिन र साहसिक मानिने काममा उमेर बाधक बन्न सक्छ । तर यो भाष्यलाई जबर्जस्त चिर्ने सोच राजको मनमा आउँछ ।
उमेर र आफ्नै सीमालाई चुनौती दिँदै उनी आफ्नै मुलुकमा रहेका विश्वकै सर्वोच्च शिखरलाई चुम्ने कठिन सपना पूरा गर्न तयारी गर्छन् । हिमाल आरोहणका लागि आवश्यक तालिम लिन्छन्, सगरमाथा भन्दा कम उचाईका विभिन्न हिमाल चढ्छन् । आवश्यक अनुभव लिएपछि उनी सगरमाथाको यात्रामा निस्किन्छन् । अनि उनको यात्रामा साथ दिन्छन् अनुभवी सगरमाथा आरोहीद्वय फुर्वा तेन्जिङ शेर्पा र कर्मा ग्याल्जेन शेर्पाले । यो टिममा निर्मल श्रेष्ठसहित अरू केही आरोही पनि सामेल हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)