जनकपुरमा प्रोटोनको १०औँ शो रुम, ‘द अल–न्यु प्रोटोन ई.मास ५’ सार्वजनिक
baahrakhari.com · Sun Aug 23 07:40:34 GMT 2026

काठमाडौं । नेपालका निम्ति प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा आफ्नो नयाँ आधिकारिक शो रुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यु प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको ई.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ ।
ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोजस्ता आधुनिक सुविधा उपलब्ध छन् । यस्तै, ७० लिटरको फ्रन्ट फ्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)