खोलामा डुबेर एक व्यक्तिको मृत्यु
ratopati.com · Sun Aug 23 07:53:51 GMT 2026

वीरगञ्ज । यहाँ खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा बेपत्ता भएको भनी स्थानीयबाट सूचना प्राप्त भएपछि खोजीका लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले ब्रह्मदेवको शव फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)