नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित
ratopati.com · Sun Aug 23 08:02:07 GMT 2026

बाँके । बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएका हुन् ।
अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष थिए । महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरेकी छन् । निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)