‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो भाइरल बनेपछि कानुनमन्त्रीले भनिन् : घृणा गर्नेले बद्नाम गर्न खोजे
himalpress.com · Sun Aug 23 08:00:47 GMT 2026

काठमाडौँ- कानुनमन्त्री सोविता गौतमको कुनैबेलाको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो अन्तर्वार्ता यतिबेला भाइरल बनाएपछि स्पष्टीकरण दिएकी छन्। उनले आफूलाई घृणा गर्नेहरू र राजनीतिक विरोधीहरूले बद्नाम गर्न खोजेको बताएका छन्। मन्त्री गौतमले ‘निकै सानो उमेरमा बोलेका शब्दलाई सन्दर्भ’ भन्दै आफ्नो आसय गलत नभएको उल्लेख गरेकी छन्।
‘धेरै पटक भनिसकेँ र आज पनि फेरि स्पष्टसँग भन्छु, बलात्कार कहिल्यै सामान्य होइन। कहिल्यै स्वीकार्य हुन सक्दैन । त्यसबेला मैले भन्न खोजेको कुरा अर्कै थियो। हिंसामा परेकी महिलालाई समाजले फेरि लज्जा, दोष र सामाजिक बहिष्कारको सजाय नदेओस्। अपराधको लाज पीडितले होइन, अपराधीले बोक्नुपर्छ। पीडितले कानुनी न्याय पाउनै पर्छ तर सँगै आफ्नो जीवन, आत्मसम्मान र आवाज यति निर्भयका साथ उठाउन सकुन र यसरी आफुले आफुलाई बलियो बनाउन की कुनै सामाजिक लान्छनाले पनि उनीहरूलाई हल्लाउन नसकोस् भन्ने आशय र भाव थियो । जीवनमा कुनै छोरी मान्छेले बलात्कार ठिक हो भन्न सक्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)