आयोगले स्पष्टीकरण सोधेपछि रास्वपाले स्वीकार्यो त्रुटि
onlinekhabar.com · Wed Jul 01 12:40:13 GMT 2026

१७ असार, काठमाडौँ । १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र भएको स्पष्ट पारेको छ।
रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५,२५७ जना व्यक्तिहरू पार्टी सदस्य रहेको तथ्याङ्क समावेश थियो। बालबालिकालाई पार्टी सदस्य बनाउनु प्रचलित कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले गत सोमबार रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी आधिकारिक धारणा माग गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)