धोबिघाटदेखि चोभारसम्म चिनियाँको गोप्य नेटवर्क, नेपाली कम्पनी भाडामा लिएर गर्थे अवैध गतिविधि
annapurnapost.com · Wed Jul 01 12:35:51 GMT 2026

काठमाडौं : पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन गरेको खुलेको छ। अध्यागमन विभागले ललितपुरको धोबिघाट र काठमाडौंको चोभारमा खानतलासी गरेर ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। भिसाको दुरुपयोग गरेर अवैध गतिविधि गरिरहेका १८ वटा चिनियाँ राहदानीसमेत नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार धोबिघाटबाट ३ जना र चोभारबाट ६ जना गरी ९ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नेपालीको नाममा दर्ता भएका ट्रेजर्स प्रालि र ड्रागन ब्रिज इन्टरनेशनल प्रालि प्रयोग गर्दै आएको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)