कैलाश गाउँपालिका र सीएमसी हस्पिटलबिच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता
ratopati.com · Sun Aug 23 08:14:17 GMT 2026

हेटौँडा । मकवानपुरको विकट क्षेत्रका रूपमा रहेको कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र हेटौँडास्थित सीएमसी हस्पिटलबिच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सीएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा.आकेश प्रजापतिले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै गाउँपालिकाका नागरिकहरूले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण र सहुलियत प्राप्त गर्नेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो सम्झौता गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)