इरान ‘पूर्ण युद्ध’मा छः राष्ट्रपति पेजेस्कियान
ratopati.com · Sun Aug 23 08:18:04 GMT 2026

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देश अहिले ‘पूर्ण युद्ध’को अवस्थामा रहेको बताएका छन् । अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला उनले देशको आर्थिक अवस्था निकै कठिन रहेको समेत स्वीकार गरेका हुन् ।
‘यी समस्या उत्पन्न भएकामा हामी क्षमाप्रार्थी छौँ । हामी पूर्णस्तरको आर्थिक, सैन्य र सुरक्षा युद्धमा फसेका छौँ,’ पेजेस्कियानलाई उद्धृत गर्दै इरानी सरकारी समाचार संस्था इरनाले आइतबार भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)